
काठमाडौं, ९ असार । बेल्जियमले जारी युरोकपमा रोमानियालाई पराजित गरेको छ ।
गएराति सम्पन्न समूह ‘ई’अन्तर्गतको खेलमा बेल्जियमले रोमानियालाई २-० गोल अन्तरले पराजित गरेको हो । बेल्जियमको जितमा योउरी टिएलेम्यान र केभिन डी ब्रुनेले एकएक गोल गरेका थिए ।
पहिलो खेलमा स्लोभाकियासँग १-० को हार बेहोरेको बेल्जियमले दोस्रो खेलमा जित हासिल गर्दै महत्वपूर्ण ३ अंक बटुलेको हो ।
यो जितपछि बेल्जियम समूह ‘ई’मा दोस्रो स्थानमा उक्लिएको छ भने रोमानिया २ खेलमा ३ अंकसहित नै शीर्ष स्थानमा छ ।
अब बेल्जियमले समूह चरणको अन्तिम खेलमा जुन २६ मा युक्रेनको सामना गर्ने छ भने रोमानियाले स्लोभाकियाको सामना गर्ने छ ।









प्रतिक्रिया