२ असार २०८३, मंगलबार

३ सय ८५ करोडमा बिक्यो ‘कल्की २८९८ एडी’को बक्सअफिस राइट

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई, ८ असार । प्रभास, दीपिका पादुकोण र अमिताभ बच्चनको बहुप्रतिक्षित फिल्म ‘कल्की २८९८ एडी’ यही जुन २७ मा रिलिज हुँदैछ । नाग अश्विन निर्देशित फिल्मलाई लिएर फ्यानहरु निकै उत्साहित छन् । किनकी फिल्ममा पहिलोपटक प्रभास र दीपिका स्क्रिन शेयर गर्दैछन् ।

फिल्मको दोस्रो ट्रेलर रिलिज भइसकेको छ । ट्रेलरलाई पनि दर्शकहरुले निकै मनपराइरहेका छन् । यही बीचमा यो फिल्मको बक्सअफिस राइट ३ सय ८५ करोड रुपैयाँमा बिकेको छ ।

पिंकविलाका अनुसार फिल्मले रिलिज अघि नै बक्सअफिस राइट बेचेर ३ सय ८५ करोडको व्यापार गरिसकेको छ । कुनै पनि फिल्मको लागि यो हाइएस्ट प्री–रिलिज इभेन्ट हो ।

फिल्मको आन्ध्र प्रदेश राइट्स ८५ करोड, सीडेड राइट्स २७ करोड र निजाम राइट्स ७० करोडमा बिक्री भएको छ । यसरी फिल्मको एपीटीएस व्यापार १ सय ८२ करोड छ । यो फिल्म यसअघि नै तामिलनाडुमा २२ करोड, कर्नाटकमा ३० करोड र नर्थ इण्डियामा ८० करोड रुपैंयाँमा बिक्री भइसकेको छ ।

यस्तै, फिल्मको ओभरसिज राइट्स ७० करोडमा बिक्री भएको छ ।

फिल्ममा मौनी रोय, कमल हासन र दुलकर सलमानको पनि अभिनय छ । फिल्ममा अमिताभ ‘अश्वत्थामा’, कमल हासन ‘काली’ र प्रभास ‘भैरव’को भूमिकामा छन् । कमल फिल्मका भिलेन हुन् । ६ सय करोडमा बनेको यो फिल्ममा दीपिका ‘पद्मा’ चरित्रमा छिन् ।