
काठमाडौं, ८ असार । किलियन एम्बाप्पेले आफ्नो पूर्वक्लब पिएसजीले पूरा भुक्तानी नदिएको भन्दै नोटिस पठाएका छन् ।
मिडिया रिपोर्टकाअनुसार एम्बाप्पेले आफूले पाउनुपर्ने पारिश्रमिक र बोनस गरी कुल १०७ मिलियन डलर नपाएको भन्दै पिएसजीलाई कानुनी नोटिस पठाएका हुन् ।
फ्रि-ट्रान्सफरमा रियल म्याड्रिड पुगेका एम्बाप्पेले पाउने यो रकमको विषयमा क्लबसँग विवाद रहेको थियो । एम्बाप्पे र क्लबबीच गत वर्ष फ्रि-ट्रान्सफरमा क्लब छोडेमा उनले केही पारिश्रमिक र बोनस रकम छोड्ने सहमति भएको बताइएको छ । तर एम्बाप्पेले अहिले भने रकम आफूले पाउनुपर्ने दाबी गरेको फ्रेन्च मिडिया आउटलेट एल इक्विपले उल्लेख गरेको छ ।
यसअघि एम्बाप्पे र पिएसजीले यो विवाद आपसी समझदारीमा मिलाउने सहमति भएको बताइए पनि अहिलेसम्म नमिलेको देखिएको छ ।
हाल युरोकप खेलिरहेका एम्बाप्पेलाई रियल म्याड्रिडले युरोकप सकिनासाथ क्लबमा प्रस्तुत गर्ने तयारीमा रहेको छ । उनले रियल म्याड्रिडमा फ्री ट्रान्सफरमा गएपनि साइनिङ रकमको रुपमा सय मिलियन डलर भन्दा बढी रकम लिएको बताइएको छ ।








प्रतिक्रिया