२० असार २०८३, शनिबार

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंककाअनुसार शनिबार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ३६ पैसा रहेको छ भने बिक्रीदर १३३ रुपैयाँ ९६ पैसामा झरेको छ ।

शुक्रबार डलर एकको खरिद दर १३३ रुपैयाँ ५५ पैसा र बिक्री दर १३४ रुपैयाँ १५ पैसामा कारोबार भएको थियो ।

यस्तै, युरो एकको खरिददर १४२ रुपैयाँ ५१ पैसा र बिक्रीदर १४३ रुपैयाँ १५ पैसा रहेको छ । शुक्रबार युरो एकको खरिददर १४३ रुपैयाँ २८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९२ पैसा तोकिएको थियो ।

आज, बेलायती पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १६९ रुपैयाँ २७ पैसा रहेको छ । हिजो पाउण्डको खरिददर १६९ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७० रुपैयाँ २४ पैसामा कारोबार भएको थियो ।

त्यस्तै, आज अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ८० पैसा रहेको छ भने बिक्रीदर ८९ रुपैयाँ २० पैसा रहेको छ ।

आज कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७५ पैसामा कारोबार भइरहेको छ ।