
काठमाडौं, ७ असार । नेपाली कांग्रेस संसदीय दलको बैठकले बजेट पारित नहुञ्जेलसम्म संसद्मा अनिवार्य उस्थिति हुन आफ्ना सांसदलाई निर्देशन दिएको छ ।
शुक्रबार अपराह्न नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बसेको संसदीय दलको बैठकले संसदबाट बजेट पारित नहुञ्जेलसम्म अनिवार्य उपस्थिति हुन निर्देशन दिएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभएको हो ।
उनले बैठकको निर्णय जानकारी दिँदै भन्नुभयो, ‘आगामी आर्थिक वर्षको २०८१/८२ को विनियोजित विधेयक बजेट आगामी संसद् बैठकमा निर्णायथ प्रस्तुत हुने कार्यसूची रहेको छ । असार ९ गतेबाट सुरु हुने सबै बैठकमा विनियोजन विधेयक निर्णायथ प्रस्तुत नहुन्जेलसम्मका लागि सबै सांसदलाई अनिवार्य उपस्थिति हुन दलको बैठकले निर्देशन दिएको छ ।,’
लेखकले संसदमा दलको निर्देशन अनुसार प्रस्तुत हुन सांसदलाई निर्देशन दिइएको समेत जानकारी दिनुभयो । उहाँले बजेटमा के पोजिसन राख्ने भन्ने बारे त्यसैबेला निर्णय गर्ने बताउदै प्रतिपक्षको भूमिकामा भएकाले जनताका मुद्दामा मुखतिर भएर संसदमा प्रस्तुत हुन सांसदलाई बैठकले निर्देशन दिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘संसद्का पछिल्ला बैठकमा माननीयहरूको उपस्थिति पातलो देखिएको छ । त्यसैले नेपाली कांग्रेसका माननीयहरुलाई संसदमा उपस्थिति भएर जनताका आवाजलाई उठाउन र प्रतिपक्षको भूमिका क्रियाशीलता पूर्वक निर्वाह गर्न निर्देशन दिएको छ ।,’








प्रतिक्रिया