
काठमाडौं, ७ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जनताले आशा र विश्वासका साथ मत दिएका जनतालाई धोका दिने काम नगर्न आग्रह गर्नु भएको छ ।
पार्टी स्थपनाको दुई वर्ष पूरा गरेको अवसरमा रास्वपाद्धारा आयोजित चियापान समारोहमा सरिक हुनु भएका अध्यक्ष लिङ्देनले नेपाली राजनीतिमा रास्वपाले छोटो समयमा जनाएको उपस्थिति लोभलाग्दो रहेको भएपनि जनमतको कदर गर्न आवश्यक रहेको बताउनु भएको हो ।
उहाँले भन्नुभयो,‘एउटा राजनीति पार्टीले अर्को राजनीतिक पार्टीको सार्वजनिक रुपमा मुल्याङ्कन गर्नु भन्दापनि आज रास्वपा स्थापनाको दुई वर्ष पूरा भएको अवसरमा शुभकामनाव् यक्त गर्न आएका हौं । नेपालको राजनीतिमा एउटा नयाँ दलले यस्तो खाले प्रगति गरेकामा खुशी छौं । जनताले जसरी आशा र विश्वासका साथ राष्ट्रिय स्वतन्त्र पार्टीलाई विश्वास गरेर मत दिएका थिए, उनीहरुलाई धोका गर्ने काम नहोस् ।’
रास्वपा संसदमा प्रवेश गरेपछि संसदको गणितमा परिवर्तन भएपनि संसदको प्रवृत्ति र अवस्था भने यथावत रहेको उहाँको भनाइ छ ।








प्रतिक्रिया