२ असार २०८३, मंगलबार

गृहमन्त्री विरूद्धको रिट हेर्दाहेर्दैमा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असार । रवि लामिछानेविरूद्धको रिट हेर्दाहेर्दैमा रहेको छ ।

सहकारी ठगीमा गृहमन्त्री लामिछाने संलग्न नभएको भन्दै महान्यायाधिवक्ताले दिएको पत्रविरूद्व लामिछाने र महान्यायाधिवक्ता दीनमणि पोखरेलविरूद्व सर्वोच्च अदालतमा रिट दायर भएको थियो ।

न्यायाधीश सपना प्रधान र सारंगा सुवेदीको इजलासमा परेको रिटको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो । अर्को सुनुवाइ असार १६ गतेलाई तोकिएको छ ।

आज रिट निवेदक र महान्याधिवक्ता कार्यालयका वकिलहरूले बहस गर्नुभएको थियो ।