८ श्रावण २०८३, शुक्रबार

योगमा गलत आचरण र व्यवसायिक स्वार्थले हानि गर्छ : केपी ओली

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मान्छेलाई स्वनियन्त्रण गर्न योग अत्यावश्यक रहेको बताउनु भएको छ ।

आज योग दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निकट भविष्यमा हतियारले मात्र मान्छेलाई नियन्त्रण गर्न नसक्ने बताउनु भएको हो ।

उहाँले भन्नुभयो, ‘समाजमा थुप्रै विकृतिहरु आएका छन् । अबको दिनमा हतियारले मान्छेलाई नियन्त्रणमा लिन सक्दैन । योगले मात्रै मान्छेलाई स्वनियन्त्रणमा राख्दछ ।,’

मानिसको असल आचरण निर्माण गर्न र स्वस्थ जीवनकालागि योग महत्वपूर्ण रहेको अध्यक्ष ओलीको भनाइ छ । योग एउटा शास्त्र र दर्शन मात्र भएको उल्लेख गर्दै ओलीले योगमा गलत आचरण र व्यवसायिक स्वार्थ मिसिन दिन नहुने धारणा व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले समाज सुधारका लागि योग आवश्यक छ । यसमा गलत र व्यवसायिक स्वार्थ मिसिनु हुँदैन । समाजमा रहेका विकृतिहरुलाई प्रवचन र योगबाट मान्छेमा रहेका सोचहरु लयमा ढाल्न सक्छौं ।’

योगकालागि आसन र प्राणायम मात्र नभइ व्यवहारमा लागु हुने आचरण नै योग भएको समेत अध्यक्ष ओलीको भनाइ छ ।

Skip This