
दाङ, ७ असार । लुम्बिनी प्रदेश सरकारको बैठक अवरुद्ध भएको छ । नेपाली काँग्रेसले बजेट जनतामैत्री र संघीयता विरोधी रहेको भन्दै शुक्रवारको संसद बैठक अवरुद्ध गरेको हो ।
बैठकमा नेपाली काँग्रेस संसदीय दलका नेता डिल्ली बहादुर चौधरीले आफनो धारणा राखिसकेपछि काग्रेसले संदन अवरुद्ध गरेको हो । दलका नेता बोलिसकेपछि काग्रेसबाट प्रतिनिधित्व गर्ने सबै सांसदहरु बसिरहेको स्थानबाट उठेर विरोध जनाएका हुन् ।
संसदमा सम्वोधन गर्दै चौधरीले सरकारले कृषिमा कर लगाएको, कृषिलाई प्राथमिकतामा राखेको भनेर चालु वर्ष भन्दा ५७ करोड रुपैयाँ बजेट घटाएको, किसानमैत्री बजेट नल्याएको बताउनुभयो । उहाँले सरकार किसानको विरोधी भएको टिप्पणी गर्नुभयो ।
‘आम जनतालाई मल बीउ पु¥याउन नसक्ने तर औचित्यहीन क्षेत्रमा पैसाको खोलो बगाउने यो कस्तो प्राथामिकता हो ?,’ उहाँले प्रश्न गर्नुभयो । उहाँले पर्यटन क्षेत्रलाई समेत धरापमा पारेको बताउनुभयो ।
‘स्थानीय जनजातीहरुले आयआर्जनकालागि मदिराको नीति विगतको सरकारले लिएको थियो । त्यो अहिले काटेर अर्को क्षेत्रमा राखियो । के यो सरकार जनजाती विरोधीहो ? यो सरकार गरिखाने वर्गहरुको लागि बनेको सरकार हैन ? यो त महिला, गरिखाने वर्ग, युवाहरुको विरोधी सरकार भयो । नाराले मात्रै हैन, पैसा र काम गरौ अनिमात्रै नारा सफल हुन्छ,’ उहाँले भन्नुभयो ।








प्रतिक्रिया