
पोखरा, ७ असार । गण्डकी प्रदेशसभाको अवरोध हटेको छ ।
अर्थमन्त्री डा.टंकराज गुरुङले माफी मागेसँगै संसदको अवरोध हटेको हो । बजेट वक्तव्यमा हिसाब बिग्रिएकोमा अर्थमन्त्रीले माफी माग्नु भएको हो ।
बजेट वक्तव्यको हिसाबमा त्रुटि देखिएपछि प्रतिपक्षी दल नेकपा एमाले र माओवादीले हिजो संसद अवरोध गरेको थियो ।
अर्थमन्त्री गुरुङले सङ्घ सरकारबाट प्राप्त हुने सशर्त अनुदानको रकम संशोधन गरेपछि सदनको अवरोध हटेको हो ।








प्रतिक्रिया