३० असार २०८३, मंगलबार

तोलामा १९ सयले बढ्यो सुन

8.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असार । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

शुक्रबार सुन प्रतितोला १९ सयले बढेर १ लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । यसअघि बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ८ सयमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजारमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य तोलाको २५ रुपैयाँले बढेर प्रतितोला १८६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।