१३ असार २०८३, शनिबार

बंगलादेशमाथि अष्ट्रेलिया २८ रनले विजयी

3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असार । अष्ट्रेलियाले बंगलादेशमाथि २८ रनको जित हासिल गरेको छ ।

जारी टी-२० विश्वकपको सुपर आठअन्तर्गतको खेलमा अष्ट्रेलियाले बंगलादेशलाई डकवर्थ लुइस नियम अनुसार २८ रनले पराजित गरेको हो ।

बंगलादेशले दिएको १४१ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ११.२ ओभरमा २ विकेट गुमाएर १०० रन बनाएपछि वर्षाले खेल अवरुद्ध भएपछि खेलको निर्णय डकवर्थ लुइस नियम अनुसार गरिएको थियो ।

अष्ट्रेलियाका लागि डेभिड वार्नरले अविजित ५३ रन बनाएका थिए भने ट्राभिस हेडले ३१ रन बनाएका थिए ।

यसअघि पहिला ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाउँदै १४० रन बनाएको थियो ।

यो जितपछि सुपर आठको समूह एकमा अष्ट्रेलियाले महत्वपूर्ण २ अंक हासिल गरेको छ ।

अब अष्ट्रेलियाले आइतबार बिहान अफगानिस्तानसँग खेल्ने छ भने बंगलादेशले शनिबार राति भारतसँग खेल्ने छ ।