
काठमाडौं, ७ असार । रुसको शैन्य अदालतले युक्रेनलाई समर्थन गरेको आरोपमा एक रुसी शिक्षकलाई २० वर्षको जेल सजाय तोकेको छ ।
रुस र युक्रेनबीच युद्ध चलिरहेकोमा २७ वर्षीय शिक्षक डेनियल क्लियूकाले युक्रेनको पक्ष लिएको र आर्थिक सहयोगसमेत पठाएको आरोपमा अदालतले ‘देशद्रोही’ ठहर गर्दै सजाय सुनाएको हो ।
रुसी अदालतले युक्रेनसँगको युद्धका क्रममा युक्रेनप्रति सहानुभूति देखाउनेहरुलाईसमेत जेल सजाय गरेको छ ।
रुसी सञ्चारमाध्यमहरुका अनुसार ती शिक्षकले युक्रेनी कोष ‘कम ब्याक अलाइभ’मा २० हजारदेखि एक लाख रुबलसम्म पठाएको खुलेको छ । यो कोषले युक्रेनी सेनाका लागि पैसा जम्मा गर्ने गरेको छ । ती शिक्षक सन् २०२३ को फेब्रुअरीमै पक्राउ परेका थिए ।















प्रतिक्रिया