२३ असार २०८३, मंगलबार

कोपा अमेरिका : अर्जेन्टिनाको विजयी सुरुवात

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असार । अर्जेन्टिनाले कोपा अमेरिकामा विजयी सुरुवात गरेको छ ।

आजदेखि सुरु भएको ४८औं कोपा अमेरिकाको उद्घाटन खेलमा अर्जेन्टिनाले क्यानडालाई २-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज र लाउतारो मार्टिनेजले एकएक गोल गरेका थिए ।

पहिलो हाफ बिना कुनै गोल सकिएको खेलमा अर्जेन्टिनाले दुवै गोल दोस्रो हाफमा गरेको थियो । अल्भारेजले खेलको ४९औं मिनेटमा र मार्टिनेजले खेलको ८८औं मिनेटमा गोल गरेका थिए ।

कोपा अमेरिकाको डिफेन्डिङ च्याम्पियनसमेत रहेको अर्जेन्टिनाले यो जितपछि समूह ‘ए’मा महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।

अब अर्जेन्टिनाले अर्को खेल जुन २६ मा चिलीविरुद्ध खेल्ने तालिका रहेको छ ।

त्यस्तै, क्यानडाले पनि जुन २६ मा पेरुविरुद्ध खेल्ने छ ।