९ श्रावण २०८३, शनिबार

दलाई लामालाई भेट्न आएको अमेरिकी प्रतिनिधिमण्डलको मोदीसँग भेटवार्ता

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असार । तिब्बती धर्मगुरु दलाई लामालाई भेट्न आएको अमेरिकी प्रतिनिधिमण्डलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेको छ । यसैक्रममा प्रधानमन्त्री मोदीले अमेरिकी तल्लो सदनकी पूर्वसभामुख न्यान्सी पेलोसीलाई पनि भेट्नुभएको थियो ।

बिहीबार भएको मोदी र अमेरिकी प्रतिनिधिमण्डलबीचको यो भेटलाई धेरै अर्थपूर्ण रुपमा हेरिएको छ ।

यसअघि बुधबार अमेरिकी प्रतिनिधिमण्डलले धर्मशालामा धर्मगुरु दलाई लामासँग भेट गरेको थियो । यस प्रतिनिधिमण्डलमा न्यान्सी पेलोसी बाहेक सांसद माइकल म्याकलसहित ५ जना सांसद हुनुहुन्छ । यी सांसदहरू रिपब्लिकन र डेमोक्रेटिक पार्टीका हुनुहुन्छ । यो प्रतिनिधिमण्डलको नेतृत्व रिपब्लिकन सांसद माइकल म्याककलले गरिरहनुभएको छ ।

बुधबार अमेरिकी प्रतिनिधिमण्डलले दलाई लामाको ‘उत्तराधिकार’ मामिलामा अमेरिकाले चीनलाई हस्तक्षेप गर्न नदिने बताएको थियो ।

विदेशी प्रतिनिधिमण्डलले भारतीय भूमिबाट तिब्बतको समर्थनमा आवाज उठाएको यो पहिलो पटक हो । यद्यपि न्यान्सी यसअघि मे २०१७ मा दलाई लामालाई भेट्न भारत आउनुभएको थियो । तर, न्यान्सी पेलोसीले त्यतिबेला कुनै प्रतिनिधिमण्डलसँग भारत भ्रमण गर्नुभएको थिएन ।

भारतले तिब्बतलाई चीनको हिस्सा मान्छ र यसबारे टिप्पणी गर्नबाट बच्दै आएपनि यो घटनालाई निकै अर्थपूर्ण रुपमा विश्लेषण गरिएको छ । अमेरिकी प्रतिनिधिमण्डलको यो भ्रमण औपचारिक हो वा होइन भन्नेबारे अहिलेसम्म कुनै जानकारी आएको छैन् ।

Skip This