१९ असार २०८३, शुक्रबार

स्पेन युरोकपको नकआउट चरणमा

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ आर । स्पेन जारी युरोकपको नकआउट चरणमा पुगेको छ ।

गएराति सम्पन्न समूह ‘बी’अन्तर्गतको खेलमा इटालीलाई १-० गोल अन्तरले पराजित गर्दै स्पेन प्रतियोगिताको नकआउट चरणमा पुगेको हो ।

स्पेनको जितमा खेलको ५५औं मिनेटमा इटालीका रिकार्डो कालाफिओरीले आत्मघाती गोल गरेका थिए ।

यो यस प्रतियोगितामा स्पेनको लागतार दोस्रो जित हो । २ खेलमा ६ अंक हासिल गरेको स्पेन समूह ‘बी’बाट नकआउट चरणमा छनौट भएको छ ।

त्यस्तै, इटालीको भने २ खेलमा ३ अंक रहेको छ ।

अब स्पेनले अर्को खेल जुन २५ मा अल्बानियासँग खेल्ने छ भने इटालीले सोही दिन क्रोसियासँग खेल्ने तालिका रहेको छ ।