२४ जेष्ठ २०८३, आइतबार

एनएमबि बैंकका ग्राहकले कतार एयरवेजको टिकटमा १० प्रतिशतसम्म छुट पाउने

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असार । एनएमबि बैंकले विश्वकै अग्रणी एयरलाइन्स कतार एयरवेजसँग साझेदारी गरी आफ्नो ग्राहकहरुलाई विशेष छुट उपलब्ध गराउने भएको छ ।

एनएमबि बैंकका ग्राहकहरूले कतार एयरवेजको वेबसाइटमार्फत हवाई भाडा खरिद गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

छुट प्राप्त गर्नको लागि नेपालबाट प्रस्थान गर्ने कतार एयरवेजको उडानको टिकट काट्दा, ग्राहकले अनलाइन प्रमोशनल कोड QRNMB24 प्रयोग गर्नुपर्नेछ । यो अफरमार्फत ग्राहकहरूले सुपथ मूल्यमा आरामदायी उडानको लाभ लिन सक्नेछन् । साथै, कतार एयरवेज स्टुडेन्ट क्लबका विद्यार्थीहरूले थप लगेजलगायत अन्य विशेष सुविधासमेत पाउनेछन् ।