
काठमाडौं, ६ असार । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले अमेरिका र वेस्ट इन्डिजमा ब्याटिङ पिच असहज भएको बताउनु भएको छ ।
नवौं संस्करणको टी–२० विश्वकपमा सहभागी भएर स्वदेश फर्किएपछि बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले ब्याटिङका लागि पिच असहज भएको र आफूहरुलाई नाइट गेम खेल्ने बानी नपरेको बताउनु भएको हो ।
उहाँले भन्नुभयो, ‘पहिलो गेममा पनि त्यतिकै कन्फिडेन्स नै थियो । हामीमा एक्सपेरियन्स भन्दा त्यहाँको सर्फेस नै ब्याटिङका लागि च्यालेन्जिङ थियो । हरेक खेलमा राम्रो स्कोर कसैले गर्न सकिरहेका थिएनन् । हामीलाई नाइट गेमको बानी पनि थिएन । टी–२० खेलहरु रातिमात्र हु्न्छन् । हामीले त्यसरी खेलेका थिएनौं । नाइट गेमले महत्वपूर्ण रोल खेलेको जस्तो छ ।’
दक्षिण अफ्रिकासँगको खेलमा भने ब्याटिङ युनिटको केही कमजोरी भएको स्वीकार गरे । त्यस्तै कप्तान पौडेलले खेलाडीलाई इंिगत गरि गाली नगरी दिन क्रिकेट समर्थकहरुलाई आग्रह गर्नुभयो ।
आफ्नो यात्रा समूह चरणमै टुंग्याएको नेपाली राष्ट्रिय क्रिकेट टोलीबिहीबार स्वदेश फर्किएको थियो । दुई समूहमध्ये पहिलो समूहआजबिहान १ बजे नेपालअवतरण गरेको हो भने अर्को समूह बिहान १० बजे आइपुगेको हो ।








प्रतिक्रिया