२८ जेष्ठ २०८३, बिहिबार

आफ्नो सम्बोधनमा दलका शीर्ष नेताहरु उपस्थित नभएकोमा प्रधानमन्त्री असन्तुष्ट

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदमा प्रधानमन्त्रीले बोल्दा सबै दलका प्रमुख नेता तथा मन्त्रीहरु उपस्थित नभएकोप्रति असन्तुष्टि व्यक्त गर्नु भएको छ ।

आज प्रतिनिधि सभाको बैठकमा सांसदहरुको प्रश्नको जवाद दिएपछि प्रधानमन्त्री प्रचण्डले संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्ने समयमा सत्ता पक्ष तथा प्रतिपक्षका सबै नेताहरु उपस्थित रहने संसदीय परम्परा रहेको उल्लेख गर्दै त्यो परम्परा विस्तारै कम हुँदै गएको र यसले आफैँलाई अपमान गरेको टिप्पणी गर्नुभयो ।

उहाँले यो परम्परा पछिल्ला दिनहरुमा तोडिँदै गएको बताउँदै यसले प्रधानमन्त्रीको अपमान नभएर आफैँले आफैँलाई अपमान गर्दै गएको हुने बताउनु भएको हो ।