२१ असार २०८३, आइतबार

करदाताहरुलाई सहज वातावरण निर्माण गर्न सांसद बरालको माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असार । प्रतिनिधिसभा सांसद सुनिता बरालले प्रविधिको अधिकतम प्रयोग गरेर राजश्व करदाताहरुलाई सहज वातावरण निर्माण गर्नका लागि सरकारसँग माग गर्नुभएको छ ।

आजको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्नुहुँदै सांसद बरालले देश विकासका लागि कर र राजश्वको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुहुँदै करदातालाई सहज बातावरण बनाउन माग गर्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘सरकारहरु, अर्थमन्त्री र राजश्व प्रशासन यसकै बारेमा चिन्तित भएको देखिन्छ । तर के हाम्रो सरकारलाई थाहा छ ? आज राजश्व तिर्न नागरिकहरु कति लामो लाइनमा छन् भनेर ? यतातिर राजश्व नउठेको चिन्ता गर्ने अर्कोतिर राजश्व तिर्नका लागि कर तिर्नका लागि लामा लामा लाइन बस्न पर्ने, विभिन्न किसिमका सास्ती खेप्न पर्ने कुरा पटक्कै मिल्दो भएन । त्यसकारण प्रविधिको अधिकत्तम प्रयोग गरेर राजश्व करदाताहरुलाई सहज वातावरण निर्माण गर्नका लागि सरकारको ध्यानाकर्षण गराउन चाहान्छु । धन्यवाद।,’