९ असार २०८३, मंगलबार

अनौपचारिक भ्रमणका लागि भारत गएको हुँ : प्रधानमन्त्री प्रचण्ड

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केहीदिन अघि भएको आफ्नो भारत भ्रमण एजेन्डाकाविशेषमा छलफल गर्न नभइ अनौपचारिक भ्रमण रहेको बताउनु भएको छ ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले अनौपचारिक भ्रमण भएको बताउनु भएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो पटक प्रधानमन्त्री पदको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन दाहाल जेठ २७ र २८ गते भारत भ्रमणमा जानु भएको थियो ।

‘यो पटकको मेरो भारत भ्रमण एजेन्डा विशेषमा छलफल गर्न होइन । जसरी विगतमा पूर्वनिर्धारित हुन्थ्यो । सदनमा पनि छलफल गरेर जानकारी सहित जाने गरिन्थ्यो । यो पटकको भ्रमण त्यो किसिमको होइन,’उहाँले भन्नुभयो ।

केही सांसदहरुले आफूलाई संसदमा आउन किन डराएको भनेको उल्लेख गर्दै आफूले आज प्रश्न सोध्ने सांसदहरुलाई सदनमा उपस्थित भएको बताउनुभयो ।