२३ जेष्ठ २०८३, शनिबार

दुई समूह बनाएर स्वदेश फर्कियो नेपाली क्रिकेट टोली

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असार । आइसिसी टी–२० विश्वकप खेलेर नेपाली टोली दुई समूह गरेर स्वदेश फर्किएको छ । एउटा समूह राति १ बजे र अर्को समूह बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

विजिनेस क्लासको हवाइ टिकट नमिलेका कारण टोली दुई समूहमा विभाजित भएर नेपाल आइपुगेको हो । अमेरिका र वेस्ट इन्डिजमा जारी टी-२० विश्वकपमा नेपालपहिलो चरणबाटै बाहिरिएको थियो। नेपालले तीन खेलमा हार बेहोरेको थियो भने श्रीलंकासँगको खेल वर्षाका कारण खेल सञ्चालन हुन सकेन ।

बंगलादेश र दक्षिण अफ्रिकासँग भएका पछिल्ला दुई खेलमा भने नेपाल जित नजिक पुगेर निराश बनेको थियो । नेपाल इतिहासमा नै दोस्रो पटक टी–२० विश्वकपमा सहभागी बनेको थियो ।