
काठमाडौं, ६ असार । स्मार्टफोन प्रविधिको क्षेत्रमा विश्वव्यापी रूपमा अग्रणी रहेको ब्रान्ड सामसङले आफ्नो ग्राहकहरूको अडियो अनुभवलाई सन्तोषजनक पार्ने वाचा गरेको छ । अब ग्राहकहरूले ग्यालेक्सी एस२४ सिरिजको स्मार्टफोन र ग्यालेक्सी बड्स एफई एक छुटाउनै नहुने अफरको साथमा आएको छ ।
ग्यालेक्सी एस२४ सिरिजको स्मार्टफोन खरिद गर्दा मात्र रु ५ हजार थप गरी ग्राहकहरूले रु १५ हजार मूल्य रहेको ग्यालेक्सी बड्स एफई पनि साथमा पाउन सक्ने छन् । ग्राहकहरूले यो छुटाउनै नहुने आफ्नो टेक अपग्रेड गर्ने, सिमलेस कनेक्टिभिटी, टप टियर पर्फमेन्स र क्रिस्टल क्लियर साउन्ड पाउने मौका सबै यो आकर्षक छुट मूल्य अफर लागु रहुन्जेल फाइदा उठाउन सक्नेछन् ।
यो अफर सामसङद्वारा प्रदान गराइएको इनस्टा फाइनान्स सेवाबाट शून्य प्रतिशत ब्याजमा बिना कुनै वित्तीय झन्झट लिन सकिन्छ । आफ्नो नागरिकताको साथ ग्राहकहरुले ग्यालेक्सी बड्स एफई प्राप्त गर्न थप गर्नुपर्ने रु ५ हजार पनि स्मार्टफोनसँग शून्य प्रतिशथत ब्याज रहेको इन्स्टा फाइनान्सको ईएमआईमा समग्र हुने गरी यो बन्डल खरिद गर्न सक्छन् । यो अफर असार ६ गतेदेखि स्टक रहुन्जेल मान्य हुने कम्पनीले जनाएको छ ।









प्रतिक्रिया