
काठमाडौं, ६ असार । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंककाअनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ २४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८४ पैसा रहेको छ । बुधबार डलर एकको खरिददर १३३ रुपैयाँ १६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७६ पैसामा कारोबार भएको थियो ।
यस्तै, युरो एकको खरिददर १४३ रुपैयाँ २३ पैसा र बिक्रीदर १४३ रुपैयाँ ८८ पैसा तोकिएको छ । बिहीबार युरोको खरिददर १४२ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ३२ पैसा तोकिएको थियो ।
आज, बेलायती पाउण्ड एकको खरिददर १६९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७० रुपैयाँ ३७ पैसा पुगेको छ । बुधबार पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ९३ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६९ पैसामा कारोबार भएको थियो ।
आज अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ८८ पैसा रहेको छ भने बिक्री दर ८९ रुपैयाँ २८ पैसा रहेको छ ।
त्यस्तै, कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७१ पैसामा कारोबार भइरहेको छ ।








प्रतिक्रिया