९ असार २०८३, मंगलबार

माछापुच्छ्रे बैंकद्वारा पुष्करणी परोपकार र बसन्त माविलाई सहयोग

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडां, ५ असार । माछापुच्छ्रे बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्र्तगत गण्डकी प्रदेशका विभिन्न संघसंस्थाहरुलाई सहयोग गरेको छ ।

बैंकले गण्डकी प्रदेशको कास्की जिल्लास्थित पोखरा महानगरपालिका १४, बाच्छीडुवामा सञ्चालित पुष्करणी परोपकार गोकुलधामलाई सडकमा जथाभावी छोडिएका पशु चौपाया र विशेष गरि नेपालको राष्ट्रय जनावर गाईको संरक्षण एंव व्यवस्थापनका लागि आर्थिक सहयोग गरेको छ । छाडा पशुचौपायाको व्यवस्थापनले सडकमा हुने विभिन्न प्रकारका दुर्घटना न्यूनीकरण हुनुका साथै सडकमा छोडिएका पशुचौपायाको जीवन रक्षाको लागि बैंकले उक्त सहयोग गरेको हो । हिजो आयोजित कार्यक्रमकाबीच माछापुच्छे बैंक सञ्चालक समितिका अध्यक्ष रोशन केसीले पुष्करणी परोपकार गोकुलधामलाई उक्त आर्थिक सहयोग प्रदान गर्नुभएको हो ।

यस्तैगरि बैंकले वाग्लुङ्ग जिल्लास्थित जैमीनी नगरपालीकाको छिस्तीमा रहेको बसन्त माध्यमिक विद्यालयमा भौतिक पूर्वाधार निर्माणको लागि सहयोग गरेको छ । आर्थिक स्रोतको अभावका कारण निर्माणाधीन विद्यालय भवनको निर्माण कार्यमा अवरोध आईरहेको जानकारीमा आएपछि बैंकले उक्त विद्यालयको निर्माणाधीन भवनको निर्माण कार्य सम्पन्न गरी विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो ।

आज बैंक सञ्चालक समिति सदस्य बन्दना केसी र प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले संयुक्त रुपमा उक्त पूर्वाधार बिद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गनुृभएको हो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरुमा विभिन्न संघसंस्थाहरुसंग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तिय साक्षरता,दिगो विकास लगायतका क्षेत्रहरुमा काम गर्दै आएको छ ।