२२ असार २०८३, सोमबार

अमेरिकाका ८ राज्यमा ‘अब नाच्छ अमेरिका’

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असार । हरितालिका तीजको अवसर पारेर अमेरिकाका ८ राज्यमा ‘अब नाच्छ अमेरिका’ कार्यक्रम हुनेभएको छ ।

फ्लाई नेपाले यसअघि आयोजना गरेको ‘अब हाँस्छ अमेरिका’ कार्यक्रमको सफलता पछि ‘अब नाच्छ अमेरिका’ आयोजना गर्न लागेको हो । फ्लाई नेपाका सिइओ विनोद अधिकारीका अनुसार ‘अब नाच्छ अमेरिका’मा गायिका शान्ति श्री परियार, रचना रिमाल र ज्योति मगरले दर्शक नचाउनुहुनेछ । कार्यक्रममा मोडल करिष्मा ढकालको नृत्य प्रस्तुती रहनेछ ।

‘तीजको सम्झना बोकेर अमेरिकामा बसिरहनु भएका सम्पूर्ण नेपालीलाई गाउँघर सम्झाउने र रमाइलो गराउने हाम्रो उद्देश्य हो । यसले कुनै न कुनै रुपमा नेपाली गीत संगीतको प्रवद्र्धनमा पनि भूमिका खेल्ने विश्वास लिएको छु ।’ अधिकारीले भन्नुभयो ।

आयोजकका अनुसार अमेरिकाका न्युयोर्क, वासिङ्टन डिसी, ओहायो, कोलोराडो, बोस्टन, पेन्सेल्भेनिया, सिकागो र क्यालिफोर्नियामा कार्यक्रम तय भइसकेको छ ।

‘अब हाँस्छ अमेरिका’ यसै वर्षको जनवरीदेखि फेब्रुअरीसम्म अमेरिकाका १४ राज्यमा सञ्चालन भएको थियो । यो कार्यक्रममा सन्दिप क्षेत्री, भरतमणि पौडेल, सुमन कार्की, कैलाश कार्कीलगायतका कमेडियनले दर्शक हँसाउनुभएको थियो ।