
काठमाडौं, ५ असार । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना वरिष्ठ कर्मचारीहरुका लागि स्वस्थ्य र सन्तुलित जीवन प्रवर्द्धन गर्ने प्रयोजनले एक बहुआयामिक प्रशिक्षण प्रदान गरेको छ ।
असार २, ३ र ४ गते सञ्चालन गरिएको यो प्रेरणादायी प्रशिक्षणबाट कर्मचारीहरुको व्यक्तिगत एवम् व्यवसायिक विकास हूने र कम्पनीको लागिसमेत उपयोगी हुने अपेक्षा गरिएको छ ।
विविध पक्षलाई समेटेर तयार गरिएको यो प्रशिक्षणबाट व्यक्ति र संस्था दुबैको व्यवासायीकतामा वृद्धि हुने र कर्मचारीहरुलाई स्वस्थ्य वातावरणमा नवीनतम् ढंगले कार्य गर्न उत्प्रेरित गरी आफ्नो व्यक्तित्व विकासमा प्रेरणा प्रदान गर्ने कम्पनीको विश्वास छ ।

तालिमको नेतृत्व आर्ट अफ लिभिङ नेपालका कर्पोरेट कार्यक्रम निर्देशक नीभा एम प्रधानले गर्नुभएको थियो ।
कार्यक्रमको समापन समारोहमा कम्पनीको अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंह साथै आर्ट अफ लिभिङ नेपालका अध्यक्ष सिद्धेश्वरकुमार सिंहको उपस्थिति थियो ।








प्रतिक्रिया