५ श्रावण २०८३, मंगलबार

२४ वर्षपछि उत्तर कोरिया पुगे पुटिन

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असार । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन २४ वर्षपछि पहिलोपटक उत्तर कोरिया पुग्नुभएको छ । पुटिनलाई उत्तर कोरियामा राजधानी प्योङयाङमा भव्य स्वागत गरिएको छ ।

पुटिन र उत्तर कोरियाका शासक किम जोङ उनबीच उच्च स्तरीय भेटवार्ता हुने बताइएको छ ।

गत वर्ष सेप्टेम्बरमा रुसी सहर भ्लादिभोस्टोकमा पनि दुवै नेताबीच भेट भएको थियो । सन् २००० पछि पुटिनले उत्तर कोरियाको भ्रमण गरेको यो पहिलो पटक हो ।

क्रेमलिनले पुटिनको यस भ्रमणलाई मैत्रीपूर्ण भ्रमण भनेको छ भने रूसी मिडियाले पुटिन र किम जोङ उनले सुरक्षाका मुद्दाहरूसहित साझेदारी सम्झौतामा हस्ताक्षर गर्ने सम्भावना रहेको र दुई नेताहरूले संयुक्त वक्तव्य दिने बताउनुभएको छ ।

पुटिनले प्योङयाङको अर्थोडक्स चर्च अफ द लाइफ गिभिङ ट्रिनिटीको भ्रमण गर्न सक्ने बताइएको छ ।

मिडिया  रिपोर्टका अनुसार पुटिन प्योङयाङको कुमसुसन गेस्टहाउसमा बस्नुहुनेछ, जहाँ चिनियाँ राष्ट्रपति सी जिनपिङ २०१९ मा उत्तर कोरियाको राजकीय भ्रमणको क्रममा बस्नुभएको थियो ।