
काठमाडौं, ५ असार । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंककाअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १६ पैसा र बिक्री दर १३३ रुपैयाँ ७६ पैसा रहेको छ । मंगलबार डलर एकको खरिद दर १३३ रुपैयाँ ४० पैसा र बिक्री दर १३४ रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, युरो एकको खरिददर १४२ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ३२ पैसा तोकिएको छ । मंगलबार युरोको खरिद दर १४२ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ५९ पैसा तोकिएको थियो ।
आज, बेलायती पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ९३ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६९ पैसा रहेको छ । मंगलबार बेलायती पाउण्ड एकको खरिददर १६९ रुपैयाँ ३ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७९ पैसामा कारोबार भएको थियो ।
आज अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ०७ पैसा रहेको छ भने बिक्रीदर ८८ रुपैयाँ ४७ पैसा रहेको छ ।
त्यस्तै, कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६८ पैसामा कारोबार भइरहेको छ ।









प्रतिक्रिया