१८ असार २०८३, बिहिबार

अफगानिस्तानविरुद्ध वेस्ट इन्डिजको कीर्तिमानी जित

5.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ असार । टी–२० विश्वकपमा वेस्ट इन्डिजले अफगानिस्तानलाई १०४ रन अन्तरले परिाजित गरेको छ ।

आज भएको आफ्नो समूह चरणको अन्तिम खेलमा वेस्ट इन्डिजले सबैभन्दा ठूलो रन अन्तरले जारी विश्वकपमा जित निकालेको छ । २१९ रनको लक्ष्य पछ्याएको अफगानिस्तान १६ ओभर दुई बलमा ११४ रन बनाए अलआउट भयो ।

अफगानिस्तानका इब्राहिम जद्रानले ३८, अजमतुल्लाह उमरजईले २३, राशिद खानले १८, करिम जन्नतले १४ रन जोड्नु बाहेक अन्यले दोहोरो अंक बनाउन सकेनन् ।

अफगानिस्तानलाई सस्तैमा रोक्न वेस्ट इन्डिजका ओबेद म्याककोयले सर्वाधिक तीन विकेट लिए । यस्तै, मुडाकेश मोती र अकिल हुसैनले दुई/दुई तथा आन्द्रे रसेल र अल्जारी जोसेफले समान एक/एक विकेट दिलाए ।

त्ययसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निकोलस पुरनको आक्रामक ब्याटिङमा २१८ रनको ठूलो स्कोर खडा गरेको थियो ।

पुरणले ५३ बलमा ९८ रनको उम्दा प्रर्दशन गरे भने, जोनसन चार्ल्सले ४३, शाई होपले २५, रोभम्यान पावेलले २६ रन बनाए ।

अफगानिस्तानका गुलबदिन नाबीले २, नवीन उल हक र फजलहक फारुकीले समान एक/एक विकेट लिए ।

समूह ‘सी’बाट वेष्टइन्डिज र अफगानिस्तान दुवै सुपर–८ मा पुगिसकेका छन् ।

सुपर–८ को समूह २ मा रहेको वेस्ट इन्डिजले इंग्ल्याडसँग अर्को चरणको पहिलो खेल खेल्नेछ ।