१९ असार २०८३, शुक्रबार

राहुल गान्धीले छोडेको वायनाड सिटबाट प्रियंका गान्धी चुनाव लड्ने

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ असार । भारतीय नेशनल कांग्रेसका नेता राहुल गान्धीले केरलाको वायनाड सिटबाट राजीनामा दिनुहुने भएको छ ।

हालै सम्पन्न निर्वाचनमा राहुलले उत्तर प्रदेशको रायबरेली र केरलाको वायनाड गरी दुई ठाउँबाट चुनाव जित्नुभएको थियो ।

कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले राहुल गान्धीले केरलाको वायनाड सिटबाट राजीनामा दिने जानकारी दिनुभएको हो । यस बारेमा निर्णय गर्ने आज अन्तिम दिन हो । अब कांग्रेसले वायनाडको उपचुनावमा प्रियंका गान्धीलाई चुनाव लडाउने भएको छ ।

समाचार एजेन्सी एएनआईलाई अध्यक्ष खड्गेले भन्नुभयो- ‘राहुल गान्धी दुई सिटबाट निर्वाचित भएका छन् । कानून अनुसार उनले एउटा सिट खाली गर्नुपर्छ र उनी एउटा सिटमा सांसद रहन सक्छन् । हामीले निर्णय गरेका छौँ कि राहुल गान्धी रायबरेली सिटबाट सांसद हुनेछन्, किनभने उनको परिवार पहिलेदेखि नै रायबरेलीसँग नजिक छ ।’

राहुल गान्धीले समाचार एजेन्सी एएनआईलाई रायबरेली र वायनाड दुवैसँग आफ्नो हृदयको सम्बन्ध रहेको बताउनुभयो । राहुल गान्धीले प्रियंका गान्धी वायनाडबाट चुनाव लड्ने बताउनुभएको छ ।