१० असार २०८३, बुधबार

वेस्ट इन्डिजले अफगानिस्तानलाई दियो २१९ रनको विशाल लक्ष्य

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ असार । आइसीसी टी–२० विश्वकप क्रिकेटमा वेस्ट इन्डिजले अफगानिस्तानलाई २१९ रनको विशाल लक्ष्य दिएको छ ।

वेस्ट इन्डिज र अफगानिस्तान दुवै जारी विश्वकपको सुपर आठमा प्रवेश गरिसकेका छन् ।

टस हारेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ओभरमा ५ विकेट गुमाएर २१८ रन बनायो ।

सुरुआत भने खास रहेन । आक्रामक सुरुआत गर्ने चक्करमा टिमको स्कोर २२ रन पुगेका बेला ब्रेन्डन किंग ६ बलमा ७ रन बनाएर आउट भएका थिए । त्यसपछि जोनसन चार्लेस र निकोलस पुरन मिलेर पारि अघि बढाए । ८ ओभरमा १०२ रन पुर्‍याए । जोनसन चार्लेस २७ बलमा ४३ रन बनाएर आउट भए ।

उनले ८ चौका प्रहार गरे । एक छेउमा पुरन रहे पनि क्रिजमा आएका साइ होपले १७ बलमा २५ रन बनाएर आउट हुँदा कप्तान रोभमन पावेलले १५ बलमा २६ रन बनाए ।

पाँचौं विकेटको रुपमा निकोलस पुरन आउट भएका थिए । उनले ५३ बलमा ८ छक्का र ६ चौकाको मद्दतले ९८ रन बनाएर रनआउट भए । आन्द्रे रसेल ३ तथा सेरफन रुथफोर्ड १ रनमा नटआउट रहे ।

अफगानिस्तानका गुलावद्दिन नइबले २ विकेट लँदा अज्मतुल्लाह ओमरजाई र नभिन उल हकले एकएक विकेट लिए ।

विश्वकपमा वेस्ट इन्डिजले बनाएको २१९ रन नै सर्वाधिक धेरै रन हो ।