
काठमाडौं, ४ असार । रोमानियाले युरोकपमा विजयी सुरुवात गरेको छ ।
सोमबार राति सम्पन्न समूह ‘इ’ अन्तर्गतको खेलमा रोमानियाले युक्रेनलाई ३-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो । रोमानियाको जितमा निकोला स्टानसिउ, राजभान मारिन र डेनिस ड्रागसले एकएक गोल गरेका थिए । यो जितपछि रोमानियाले समूह ‘इ’मा महत्वपूर्ण तीन अंक बटुलेको छ ।
अब रोमानियाले अर्को खेल जुन २३ मा बेल्जियमविरुद्ध खेल्ने छ भने युक्रेनले जुन २१ मा स्लोभाकियासँग खेल्ने तालिका रहेको छ ।









प्रतिक्रिया