९ असार २०८३, मंगलबार

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ असार । नेपाल राष्ट्र बैंकले अज मंग्लबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंककाअनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ४० पैसा र बिक्रीदर १३४ रुपैयाँ रहेको छ । डलर शनिबारदेखि नै यही मूल्यमा कारोबार भइरहेको छ ।

यस्तै, युरो एकको खरिददर १४२ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ५९ पैसा तोकिएको छ । सोमबार युरो एकको खरिददर १४२ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४१ पैसा रहेको थियो ।

आज, बेलायती पाउण्ड एकको खरिददर १६९ रुपैयाँ ३ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७९ पैसा रहेको छ । सोमबार पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ २३ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९९ पैसा रहेको थियो ।

आज अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ८ पैसा रहेको छ भने बिक्रीदर ८८ रुपैयाँ ४७ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७५ पैसा रहेको छ ।