१ असार २०८३, सोमबार

साउदी अरबमा अत्यधिक गर्मीका कारण १४ हजयात्रीको मृत्यु

13.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असार । साउदी अरबमा हजका क्रममा अत्याधिक गर्मीका कारण कम्तीमा १४ जोर्डनका नागरिकको मृत्यु भएको छ ।

जोर्डनका अधिकारीहरूले यो जानकारी दिएका छन् । जोर्डनको विदेश मन्त्रालयले यसका १४ नागरिकको अत्यधिक गर्मीका कारण गर्मीका कारण मृत्यु भएको र १७ जना बेपत्ता भएको बताएको छ । बेपत्ताहरुको खोजी कार्य जारी रहेको अधिकारीहरुले बताएका छन् ।

एएफपी समाचार एजेन्सीका अनुसार इरानी रेड क्रिसेन्टले पाँचजना इरानी हज तीर्थयात्रीको पनि मृत्यु भएको पुष्टि गरेको छ तर उनीहरुको मृत्यु कसरी भयो भन्ने बताएको छैन् ।

एक विज्ञप्तिमा जोर्डनको विदेश मन्त्रालयले मृत्यु भएकाहरूको परिवारको इच्छा अनुसार मृत्यु भएकाहरूको शव गाड्ने वा स्वदेश फिर्ता गर्ने प्रक्रियामा साउदी अधिकारीहरूसँग काम गरिरहेको बताएको छ ।

हज संसारको सबैभन्दा ठूलो धार्मिक समारोह मध्ये एक हो । साउदी अधिकारीका अनुसार यो वर्ष १८ लाखभन्दा बढीले यसमा भाग लिइरहेका छन् ।

यस हप्ताको तापक्रम ४६ डिग्री सेल्सियस नाघेको छ जसले गर्दा घरबाहिर र पैदल हिँड्ने धेरै अनुष्ठानहरू मानिसहरू, विशेष गरी वृद्धवृद्धाहरूका लागि गाह्रो भएको छ ।

साउदी मौसम विज्ञान केन्द्रका प्रमुख अयमान गुलामले गत हप्ता चेतावनी दिदै यस वर्षको हजमा मक्का र मदिनाको औसत तापक्रम १.५ देखि २ डिग्री सेल्सियसले बढ्ने चेतावनी दिएको छ ।

साउदी प्रेस एजेन्सीले माउन्ट अराफात नजिकैको एक उपचार केन्द्रमा मानिसहरूको स्वास्थ्य बिग्रेका २२५ घटनाहरू रेकर्ड गरिएको जनाएको छ ।