१८ असार २०८३, बिहिबार

‘मिस सुप्रानेसनल नेपाल’ सजिना पोल्यान्ड उडिन्

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असार । ‘मिस सुप्रानेसनल नेपाल २०२४’की विजेता सजिना खनाल नेपालको प्रतिनिधित्व गर्दै पोल्यान्ड उड्नुभएको छ । पोल्यान्डमा १८ जुनबाट आयोजना हुने ‘मिस सुप्रानेसनल’मा सहभागी हुन उहाँ आइतबार बिहान त्यसतर्फ जानुभएको हो ।

सजिनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘मिस्टर एण्ड मिस नेसनल’का राष्ट्रिय आयोजक डाक्टर सन्तोष उपाध्यायले बिदाई गर्नुभएको थियो ।

सजिनाले पोल्याण्ड जानुअघि फेसबुकमा आफ्नो देश नेपाललाई ‘मिस सुप्रानेसनल’मा प्रतिनिधित्व गराउने अविश्वसनीय यात्रा सुरु भएको उल्लेख गर्नुभएको छ ।

‘मिस सुप्रानेसनल’को फिनाले आगामी ६ जुलाईमा हुँदैछ । ‘मिस सुप्रानेसनल’को १५औँ संस्करणमा ७३ देशका प्रतिस्पर्धी सहभागी हुँदैछन् ।

सर्लाहीकी सजिनाले गत चैत २२ गते ‘मिस सुप्रानेसनल नेपाल २०२४’को उपाधि जित्नुभएको थियो । यसअघि सजिनाले श्रीलंकामा भएको ‘मिस वल्र्ड टुरिजम २०२३’को सह–विधा ‘मिस एलिगेन्स’को उपाधि जित्नुभएको थियो ।

आगामी ४ जुलाईमा पोल्यान्डमै ‘मिस्टर सुप्रानेशनल’को फिनाले हुँदैछ । जसमा सहभागी हुन ‘मिस्टर सुप्रानेसनल नेपाल’ धिरजकाजी बस्नेत पनि यसै साता पोल्यान्ड जाँदै हुनुहुन्छ ।