१८ असार २०८३, बिहिबार

युरोकपमा इंग्ल्याण्डको विजयी सुरुवात

826
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असार । इंग्ल्याण्डले युरोकपमा विजयी सुरुवात गरेको छ ।

गएराति सम्पन्न खेलमा इंग्ल्याण्डले सर्बियालाई १-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।  इंग्ल्याण्डको जितमा खेलको १३औं मिनेटमा जुडे बेलिङघमले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

समूह ‘सी’मा रहेको इंग्ल्याण्डले यो जितपछि महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।

अब इंग्ल्याण्डले अर्को खेल जुन २० मा डेनमार्कविरुद्ध खेल्ने छ भने सर्बियाले जुन २० मै स्लोभेनियाविरुद्ध खेल्ने तालिका रहेको छ ।