
काठमाडौं, ३ असार । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंककाअनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ४० पैसा र बिक्रीदर १३४ रुपैयाँ रहेको छ । डलर शनिबारदेखि नै यही मूल्यमा कारोबार भइरहेको छ ।
यस्तै, युरो एकको खरिददर १४२ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४१ पैसाँ तोकिएको छ । आइतबार युरो एकको खरिददर १४२ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४० पैसामा कारोबार भएको थियो । आज बेलायती पाउण्ड एकको खरिददर १६९ रुपैयाँ २३ पैसाँ र बिक्रीदर १६९ रुपैयाँ ९९ पैसा रहेको छ । आइतबार पाउण्ड एकको खरिददर १६९ रुपैयाँ ५१ पैसा र बिक्री दर १७० रुपैयाँ २७ पैसा रहेको थियो ।
त्यस्तै, आज कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७५ पैसा रहेको छ ।









प्रतिक्रिया