२९ आश्विन २०८३, बिहिबार

बंगलादेशले नेपाललाई दियो १०७ रनको लक्ष्य

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असार । बंगलादेशले नेपाललाई १०७ रनको लक्ष्य दिएको छ ।

जारी टी-२० विश्वकपको समूह ‘डी’अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको बंगलादेशले १९.३ ओभरमा अलआउट हुँदै १०६ रन बनाएको हो ।

बंगलादेशका लागि शकिब अल हसनले सर्वाधिक १७ रन बनाए भने महमुदुल्लाह र रिशाद होसैनले १३/१३ रन बनाएका थिए ।

त्यस्तै, जाकेर अलीले १२ र लिटन दासले १० रन बनाएका थिए ।

त्यस्तै, यस खेलमा नेपाली बलरले शानदार बलिङ गरेका थिए । बलर सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल र सन्दीप लामिछानेले २/२ विकेट लिएका थिए ।

सन्दीपले यस खेलमा २ विकेट लिएसँगै टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सय विकेट पूरा गरेका छन् । ५४ खेलमा १०० विकेट लिएका सन्दीप छिटो सय विकेट खेलाडीको सूचीमा राशिद खानपछि दोस्रो स्थानमा रहेका छन् । राशिदले ५३ खेलमा सय विकेट लिएका थिए ।