२४ असार २०८३, बुधबार

बंगलादेशविरुद्ध नेपाललाई पाँचौं सफलता

7.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असार । आईसीसी टी-२० विश्वकपअन्तर्गतको समूह चरणको आफ्नो अन्तिम खेलमा बंगलादेशविरुद्ध नेपाललाई पाँचौं सफलता मिलेको छ ।

सन्दीप लामिछानेको बलिङमा गुल्सन झाले रन आउट गर्दै नेपाललाइ पाँचौं सफलता दिलाएका हुन् ।

यसअघि कप्तान रोहित पौडेलले बंगलादेशविरुद्ध चौथो विकेट लिएका थिए ।

नेपालका लागि सोमपाल कामीले दुई विकेट लिएका छन् भने दीपेन्द्रसिंह एरीले एक विकेट लिएका हुन् ।

जारी खेलको ९ ओभर सकिँदा बंगलादेशले ५ विकेटको क्षतिमा ५२ रन बनाएर खेलिरहेको छ ।

जारी विश्वकपको पहिलो चरणबाटै बाहिरिइसकेको नेपाल टेस्ट राष्ट्र हराएर इतिहास रच्ने लक्ष्यसहित खेलिरहेको छ भने बंगलादेश दोस्रो चरणमा प्रवेश गर्न जित्नैपर्ने दबाबकाबीच खेलिरहेको छ ।