११ असार २०८३, बिहिबार

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

8.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असार । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १६०० ले बढेको छ । आज सुन तोलामा एक लाख ४२ हजार ८०० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसअघि शुक्रबार सुनको मूल्य १ लाख ४१ हजार २०० रुपैयाँमै कारोबार भएको थियो । त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार १०० रुपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य पनि सामान्य बढेको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेर १८२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।