
काठमाडौं, २ असार । इटाली र जर्मनीका नेताहरूले युक्रेन युद्ध रोक्न भ्लादिमिर पुटिनको प्रस्तावलाई अस्वीकार गरेका छन् । पुटिनले युद्धविरामका लागि दुई शर्त राख्नुभएको थियो ।
रुस–युक्रेन युद्ध अन्त्य गर्ने विषयमा छलफल गर्न स्विट्जरल्याण्डमा इटाली र जर्मनीका नेताहरूले युद्ध रोक्न रूसी राष्ट्रपति पुटिनको शर्तहरू पूर्ण रूपमा अस्वीकार गरेका हुन् ।
इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीले युद्ध रोक्न राष्ट्रपति पुटिनको योजनालाई प्रोपागाण्डा भन्नुभएको छ । उहाँले यसमा युक्रेनलाई नै युक्रेनबाट बाहिर जान भनिएको बताउनुभयो ।
जर्मन चान्सलर ओलाफ स्कोल्जले पुटिनको शान्ति योजनालाई ‘तानाशाही शान्ति’भन्दै खारेज गर्नुभएको छ ।
युक्रेनमा शान्तिका लागि भएको दुई दिने शिखर सम्मेलनअघि पुटिनले युद्धविरामका लागि आफ्नो शर्त राख्नुभएको थियो ।
शुक्रबार पुटिनले शान्ति वार्ताका लागि युक्रेनले डोनेस्क, लुहान्स्क, खेरसन र जापोरिज्याबाट आफ्ना सेना फिर्ता गर्नुपर्ने र युक्रेनले नेटोमा सामेल हुने सपना त्याग्नुपर्ने बताउनुभएको थियो । यस कार्यक्रममा ९० भन्दा बढी देश र विश्व संस्थाहरु सहभागी छन् ।









प्रतिक्रिया