२५ जेष्ठ २०८३, सोमबार

टी-२० क्रिकेट नखेल्ने ट्रेन्ट बोल्टको घोषणा

4.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असार । जारी टी-२० विश्वकपमा न्युजिल्याण्डको खराब प्रदर्शनका बीच अनुभवी फास्ट बलर ट्रेन्ट बोल्टले टी-२० क्रिकेट नखेल्ने घोषणा गरेका छन् । उनले खेलको छोटो ढाँचामा जारी टी-२० विश्वकप आफ्नो अन्तिम विश्वव्यापी प्रतियोगिता हुने बताएका हुन् ।

बोल्ट सन् २०११ मा डेब्यु गरेदेखि नै न्युजिल्यान्ड टोलीका महत्वपूर्ण सदस्य रहेका छन् । उनीसँग टी-२० विश्वकप, एकदिवसीय विश्वकप र विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेलेको अनुभव छ । उनले सन् २०१४ यता चारवटा टी-२० विश्वकपमा भाग लिएका छन् ।

युगान्डासँगको खेलअघि नै न्युजिल्यान्ड विश्वकपको सुपर आठ चरणबाटै बाहिरिएको थियो । टोलीले अब समूह ‘सी’ मा आफ्नो अन्तिम खेलमा पपुवा न्युगिनीको सामना गर्नेछ, जुन ३४ वर्षीय बायाँ हाते बलरको टी-२० विश्वकपमा अन्तिम खेल हुनेछ ।

‘यदि म आफ्नो बारेमा कुरा गर्छु भने, यो मेरो अन्तिम टी-२० विश्वकप हुनेछ ।’ बोल्टले युगान्डामाथि न्यूजिल्याण्डको नौ विकेटको जितपछि भने ।

उनले भने- ‘मैले भन्नु पर्ने यति हो । पक्कै पनि यो प्रतियोगितामा हामीले चाहेको सुरुवात थिएन । यो पचाउन गाह्रो छ । सुपर आठमा जान नसकेकोमा हामी निराश छौँ, तर देशको प्रतिनिधित्व गर्ने मौका पाउनु गर्वको क्षण हो । देशका लागि खेलेकोमा ड्रेसिङ रुममा निकै गर्व छ । पछिल्ला केही वर्षहरूमा हाम्रा रेकर्डहरू उत्कृष्ट छन् । दुर्भाग्यवश, गत हप्ता हामीले राम्रो खेल्न सकेनौँ र बाहिर भयौँ ।’