१ असार २०८३, सोमबार

दोलखाली नेवार भाषाको नाट्यपुस्तक ‘मिसामी’ लोकार्पण

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असार । प्राध्यापक डाक्टर श्याम जोशीद्धारा लिखित दोलखाली नेवार भाषाको पूर्णाङ्की नाटक पुस्तक ‘मिसामी’ लोकार्पण गरिएको छ ।

काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा शनिबार आयोजित समारोहमा पुस्तकको लोकार्पण डा. तुलसी दिवसले गर्नुभयो । ऐतिहासिक, साँस्कृतिक र पौराणिक सहर दोलखाको नेवार समुदायको प्रथम मातृभाषाको मूल भाषा ‘द्वाल्खा भाषा’मा लेखिएको यो नै पहिलो नाटक भएको जानकारी कार्यक्रममा दिइयो ।

झण्डै ५४ वर्ष अगाडि ऐतिहासिक एवम् साँस्कृतिक सहर दोलखा तत्कालीन गाउँ पञ्चायतको परिवेशभित्र रहेको भए पनि इतिहासको पानाले ऐतिहासिक मौलिकताले भरिएको एउटा अवर्णनीय धरातलको आँगनमा टेकी यो पुस्तक लेखिएको लेखक प्रा.डा. जोशीले बताउनुभयो ।

उहाँद्वारा २०२६ सालको दसैंताका सृजित नाटकको नाम स्थानीय नेवार भाषामा ‘मिसामी’ राखिएको हो । यसको नेपाली अर्थ नारी, महिला या ‘आइमाई’ हुन्छ । नारी जननी हुन्, अधाङ्गिनी पनि हुन् अनि नाता, बन्धु, कुटुम्ब र मित्र पनि हुन्छन् भन्ने विषय पुस्तकमा समावेश गरिएको छ ।