९ असार २०८३, मंगलबार

सिनेमाघर एपमा ‘पशुपति प्रसाद २ : भष्मे डन’

896
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असार । व्यावसायिक तथा समीक्षात्मक रूपमा सफल फिल्म ‘पशुपति प्रसाद’को चरित्र ‘भष्मे डन’मा केन्द्रित सिक्वेल ‘पशुपति प्रसाद २ : भष्मे डन’ नेपाली ओटिटी प्लेटफर्म सिनेमाघर एपमा रिलिज भएको छ ।

दीपेन्द्र के. खनाल निर्देशित फिल्ममा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहाललगायतको अभिनय रहेको छ ।

फिल्ममा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा सिवाकोटी विशेष भूमिकामा हुनुहुन्छ ।

टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको यो फिल्ममा निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेको लेखन छ । फिल्मको निर्माता पनि उहाँ स्वयं हुनुहुन्छ ।

फिल्ममा नीरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको सङ्गीत छ ।

फिल्म गत दशैंको फूलपातीमा रिलिज भएको थियो । यसको सफलतासँगै ‘पशुपति प्रसाद ३’ निर्माणको घोषणा पनि गरिएको थियो ।

सिनेमाघर एपमा ‘पशुपति प्रसाद २ : भष्मे डन’सँगै ‘जय भोले’, ‘महापुरुष’, ‘जारी’, ‘पानी फोटो’, ‘चपली हाइट ३’लगायतका फिल्म उपलब्ध छन् ।

सिनेमाघर एप एन्ड्रोइड र आइओस मोबाइलसँगै सामसुङ, एलजी, गुगल, अमेजनलगायतका टेलिभिजनहरूमा पनि डाउनलोड गर्न सकिन्छ । ‘पशुपति प्रसाद २ : भष्मे डन’ हेर्न दर्शकले १ सय ९९ नेपाली रुपैयाँ तिर्नुपर्ने हुन्छ । यस एपमा व्यवस्था रहेको सिनेक्वाइन प्रयोग गरेर निःशुल्क रूपमासमेत फिल्म हेर्न सकिन्छ ।