१५ असार २०८३, सोमबार

मुम्बईको एन्टप हिलस्थित घरको एक भाग ढल्दा २ जनाको मृत्यु

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई, १ असार । मुम्बईको एन्टप हिल क्षेत्रको विजय नगरमा शुक्रबार राति घरको एक भाग ढल्दा दुई जनाको मृत्यु भएको बृहन्मुम्बई नगर निगम (बिएमसी) ले जनाएको छ ।

घटनामा केही व्यक्ति घाइते भएको मुम्बई फायर ब्रिगेडले सूचना पाएपछि फायर अफिसरहरू तुरुन्त घटनास्थलमा पुगेको थियो । घटनाको थप विवरणको प्रतिक्षा गरिएको छ।

जुन १३ मा महाराष्ट्रको ठाणेको कलवार क्षेत्रमा आवासीय भवनको एक भाग ढलेपछि तीन जना घाइते भएका थिए भने ३० जनाभन्दा बढीलाई उद्धार गरिएको थियो । अधिकारीहरूले यो घटना ओम कृष्णा सहकारी आवास सोसाइटीमा भएको बताएका छन् । एएनआई