२५ जेष्ठ २०८३, सोमबार

युरो कपमा जर्मनीको विजयी सुरुवात

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असार । जर्मनीले युरो कपमा विजयी सुरुवात गरेको छ ।

गएराति सम्पन्न युरोकप २०२४ को उद्घाटन खेलमा जर्मनीले स्कटल्याण्डलाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।

जर्मनीका लागि फ्लोरियन विर्त्ज, जमाल मुसिआला, काइ हाभेर्ट, निकलस फुल्करग र एम्री क्यानले एकएक गोल गरेका थिए ।

त्यस्तै, स्कटल्याण्डका लागि एक गोल जर्मनीका एन्टोनियो रुडीगेरले आत्मघाती गोल गरेका थिए ।

त्यस्तै, यस खेलमा स्कटल्याण्डका रियान पोर्टेओउसले खेलको ४४औं मिनेटमा रातो कार्ड पाएपछि स्कटल्याण्ड १० खेलाडीमा सिमित भएको थियो ।

यो जितपछि समूह ‘ए’मा रहेको जर्मनीले ३ अंक हासिल गरेको छ ।

युरो कपअन्तर्गत आज साँझ ६ः४५ बजेदेखि हंगेरी र स्वीट्जरल्याण्ड खेल्दै छन् भने राती ९ः४५ बजेदेखि स्पेन र क्रोसिया खेल्दै छन् ।

त्यस्तै, आज राति १२ः४५ बजेदेखि इटाली र अल्बानिया खेल्दै छन् ।