२३ जेष्ठ २०८३, शनिबार

दक्षिण अफ्रिकाले नेपाललाई दियो ११६ रनको लक्ष्य

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असार । दक्षिण अफ्रिकाले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ ।

आइसीसी टी-२० विश्वकपअन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ७ विकेट गुमाएर ११५ रन बनाएको हो ।

दक्षिण अफ्रिकाका लागि रीजा हेनरिक्सले ४९ बलमा सर्वाधिक ४३ रन बनाए । ट्रिस्टन स्टब्सले १८ बलमा २७, एडिन मर्क्रम २२ बलमा १५ र डिककले ११ बलमा १० रन बनाएका थिए ।

त्यस्तै, नेपाली बलर कुशल भुर्तेलले शानदार बलिङ गर्दै चार विकेट र दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिएका थिए ।