
काठमाडौं, १ असार । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ४० पैसा रहेको छ भने बिक्रीदर १३४ रुपैयाँ रहेको छ ।
यस्तै, युरो एकको खरिददर १४२ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४० पैसामा झरेको छ । शुक्रबार युरो एकको खरिददर १४३ रुपैयाँ ९४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५९ पैसामा कारोबार भएको थियो ।
आज, बेलायती पाउण्ड एकको खरिददर १६९ रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्रीदर १७० रुपैयाँ २७ पैसा रहेको छ । शुक्रबार पाउण्ड एकको खरिददर १७० रुपैयाँ ३७ पैसा रहेकोमा बिक्रीदर १७१ रुपैयाँ १४ पैसा पुगेको थियो ।
यस्तै, आज कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७५ पैसा रहेको छ ।








प्रतिक्रिया