१७ असार २०८३, बुधबार

राष्ट्रिय युवा गायन प्रतियोगिताको उपाधि मकवानपुरका कालीराजलाई

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३२ जेठ । राष्ट्रिय युवा गायन प्रतियोगिताको उपाधि मकवानपुरका दीपकराज कालीराजले जित्नुभएको छ ।

युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद् सानोठिमी भक्तपुरको आयोजना र मिसन सञ्चार मल्टिमिडिया प्रालि काठमाडौंको सहआयोजनामा भएको प्रतियोगितामा कालिराजले उपाधि हात पार्नुभएको हो ।

बिहीबार भएको फाइनल राउण्डमा मकवानपुरका कालीराज प्रथम हुनुभएको थियो भने धनुषाका राजा राजपुत द्वितिय र रुपन्देहीका सुरज खातीले तृतिय स्थान हाँसिल गर्न सफल हुनुभएको थियो ।

गायन रियालीटी शोमा १६ वर्ष कटेका ४० वर्ष ननाघेका देशैभरिबाट आधुनिक, लोक र पप/र्‍याप विद्यामा अभिरुची राख्ने ६५ जना युवाहरुले आफूले गायर भिडिओ पठाएका थिए । डिजिटल अडिसनमा सहभागी प्रतिस्पर्धी मध्येबाट २१ जना युवा प्रतिभाहरुलाई छनौट गरी फिजिकल अडिसन अर्थात फिजिकल प्रतिष्पर्धाका लागि राजधानी काठमाडौं बोलाइएको थियो । सोही २१ जना प्रतिस्पर्धी मध्येबाट टप ९, टप ९ प्रतिस्पर्धीबाट टप ६, टप ६ प्रतिस्पर्धी मध्येबाट टप ३ छनौट गरि पुनःटप ३ प्रतिस्पर्धीबीच प्रतिस्पर्धा गराई प्रथम, द्वितिय र तृतिय विजेता घोषणा गरिएको थियो ।

राष्ट्रिय युवा गायन प्रतियोगिताको डिजिटल अडिसनदेखि फिजिकल अडिसन र फाइनल राउण्डसम्म सम्पूर्ण युवा प्रतिभाहरुको निश्पक्ष गायन क्षमता मूल्याङ्कन गर्नका लागि संगीतकार वीपी वाग्ले, लोक गायिका देवी घर्ती मगर र गायक भद्र वलीले निर्णायकको भूमिका निभाउनुभएको थियो ।